काठमाडौं । चीनको हाङझावमा हुने २०औँ एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाइ गरिएको छ ।
सोमबार राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको आयोजन गरी २०औँ एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाइ गरेका हुन् ।
च्याम्पियनसिपमा सहभागी हुने खेलाडी टोलीमा कुशल श्रेष्ठ(हेड कोच)मान्दे काजी श्रेष्ठ (कोच) मीनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, मोहम्मद शेखु आलम, आशिष श्रेष्ठ ,सोनिम मानन्धर, जिया कार्की, निरुपा डोङ तामाङ, एरिका गुरुङ, एलिसा रसकोटी मगर मेघा लिम्बु टप्पी थापा रहेका छन् ।
खेलाडी टोली भोलि मंगलबार चीन प्रस्थान गर्नेछन् । असोज ३ गतेबाट सुरु हुने २०औँ एसियाली कराते च्याम्पियनसिप असोज ६ गतेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया