सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकपथ
693
Shares

कास्की । पोखरा महानगरपालिका–१४ चाउथेस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  

बा.प्र.०३–००१ ख २१६६ नम्बरको कन्टेनर र ग.२३ प ४४७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा म्याग्दी घर भएका ३७ वर्षीय खुमराज तिलिजाको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?