प्रज्ञा भवनमा रास्वपाको राष्ट्रिय भेलामा जे देखियो

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को दुई दिने राष्ट्रिय भेला आजबाट सुरु भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी गराउने रास्वपाको तयारी रहेको छ ।

प्रथम राष्ट्रिय भेलालाई पार्टी सभापति रवि लामिछानेले उद्घाटन गरेका छन् । उद्घाटनपछि देशभरबाट आएका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै लामिछानेले अन्य पूराना दलले देशलाई स्थायीत्व दिन नसकेका कारण आफूहरु राजनीतिक मैदानमा आएको बताएका छन् । साथैै रास्वपाले आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा समेत जोड दिए ।

आजको भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिने भएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।

तस्बिर : रास्वपाको फेसबुक पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?