नयाँ दिल्लीको मुख्यमन्त्री बनिन् अतिशी

लोकपथ
231
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीको मुख्यमन्त्रीमा आम आदमी पार्टीकी विधानसभा सदस्य अतिशी मर्लेना सिंह मुख्यमन्त्री बनेकी छिन् ।

वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएसँगै अतिशी दिल्लीको मुख्यमन्त्री बनेकी हुन् ।

केजरिवालले राजीनामा दिएसँगै अतिशी मुख्यमन्त्री बनेको आम आदमी पार्टीका नेता गोपाल राईले सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

अतिशीले मुख्यमन्त्री बनेसँगै उनले पहिलोपटक पत्रकार सम्मेलन गर्दै केजरीवाललाई मुख्यमन्त्री बनाउने लक्ष्य रहेको समेत बताएकी छिन् । दिल्लीको जनतालाई बचाउने काममा लाग्ने भन्दै आफूले केजरीवालको निर्देशन अनुसार काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

उनले भनिन्, ‘जबसम्म म सीएम छु, मेरो एउटै लक्ष्य अरविन्द केजरीवाललाई फेरि सीएम बनाउने हो । साथै दिल्लीका जनतालाई बचाउने प्रयास गर्नेछु। म अरविन्द केजरीवालको निर्देशनमा काम गर्नेछु ।’

भारतको अदालतबाट जमानत पाएसँगै आइतबार नै केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने बताएका थिए । त्यससँगै आम आदमी पार्टीको विधायक दलको बैठकमा अतिशीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । उक्त बैठकले केजरीवालले आफैँले मुख्यमन्त्रीमा अतिशीको नाम सिफारिस गरेका थिए ।

केजरीवालले राजीनामा दिने घोषणासँगै केजरीवाल पत्नी सुनितासहित गोपाल राई र कैलाश गहलोतको नाम समेत मुख्यमन्त्रीका लागि चर्चामा आएको थियो ।

४३ वर्षीया अतिशी भारतको आगामी विधानसभा निर्वाचनसम्म दिल्लीको मुख्यमन्त्री रहनेछिन् ।

केजरीवाल मदिरा नीति प्रकरणमा जेल परेका थिए । उनी गत सेप्टेम्बर १३ मा भारतको तिहाड जेलबाट रिहा भएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?