सोह्र श्राद्धलाई मध्यनजर गर्दै बुद्धले थप्यो वाराणसीमा अर्को उडान

लोकपथ
763
Shares

काठमाडौं । सोह्र श्राद्धलाई मध्यनजर गर्दै बुद्ध एयरले भारतको वाराणसीमा थप एक उडान गर्ने भएको छ । असोज २ गते बुधवारबाट वाराणसीका लागि थप एक उडान सुरु गरेको हो ।

यसअघि सोमबार र शुक्रवार गरी सातामा दुई उडान भर्दै आएको बुद्ध एयरले अब बुधवारका लागि समेत उडान थप गरेको हो । यससँगै बुद्ध एयरले भारतको वाराणसीका लागि अब सोम, बुध र शुक्रवार उडान गर्ने भएको छ ।

यात्रुको चाप बढ्दै गएको र सेवामा थप सहजता होस् भनेर सातामा तीन उडान राखिएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले भारतको वाराणसी, सारनाथ, अयोध्यालगायत आसपासका विभिन्न धार्मिक गन्तव्यको होलिडे प्याकेजसहित थप उडान सुरु गरेको हो । तत्कालका लागि यात्रुलाई भारतको गयामा गएर सोह्र श्राद्ध गर्न सहज होस् भनेर उडान थप गरिएको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट वाराणसीको सिधा उडान समय ५० मिनेट मात्रै रहेको छ । काठमाडौंबाट वाराणसीका लागि सोम, बुध र शुक्रवार बिहान ७ः१५ बजे उडान हुने र वाराणसीबाट बिहान ८ः३० बजे काठमाडौं फर्कने तालिका रहेको बुद्धले जनाएको छ ।

काठमाडौं–वाराणसी उडानको एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?