प्रचण्ड भन्छन्– ‘माओवादी सरकारबाट बाहिरिएपछि कार्यकर्तामा उत्साह देखियो’

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक माओवादी सरकारबाट बाहिरिँदा कार्यकर्तामा सन्तुष्टी रहेको प्रतिक्रिया दिएका छन् ।

बुधबार पार्टीको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले आफू देशका विभिन्न जिल्लामा घुम्दा माओवादी समर्थकहरुमा पछिल्लो पटक सरकारबाट बाहिरिएकोमा सन्तुष्टी देखिएको बताए । साथै अहिले बनेको सरकारको गतिविधिका कारण जनतामा निराशा छाएको भन्दै बरु माओवादीले देशका लागि केही गर्न लागेको भन्ने जनताको प्रतिक्रिया रहेको टिप्पणी गरे ।

‘अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ । हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ,’ प्रचण्डले भने ।

त्यस्तै आफूले केन्द्रीय कमिटी बैठकबाट नै माओवादी केन्द्रलाई सुदृढ बनाएर अघि बढाउने प्रस्ताव गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?