१२औँ संस्करणको एनएसए कप पौडी प्रतियोगिता हुँदै

लोकपथ
35
Shares

काठमाडौं । नेपाल पौडी संघले १२औँ संस्करणको एनएसए कप पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज १३ र १४ गते दुई दिन सातदोबाटोस्थित आउटडोर पौडी पोखरीमा खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

यो प्रतियोगितालाई नेपालमा पौडी खेलाडीको विकास, मुल्याकंन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रूपमा लिएको आयोजकले जनाएको छ । 

विज्ञप्तिमा लेखिएको छ, ‘यो प्रतियोगितालाई हामीले नेपालमा पौडी खेलाडीको वृत्ति विकास, मुल्यांकन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रूपमा लिएका छौँ ।’

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशहरुबाट ३५० खेलाडीहरूको सहभागिता रहनेछ । 

विगतको प्रतियोगितामा झैँ यो प्रतियोगितामा पनि खेलाडीहरूको उत्कृष्ट प्रदर्शन सँगै नयाँ राष्ट्रिय किर्तिमान कायम गर्ने विश्वास आयोजक पौडी संघले लिएको छ । 

प्रतियोगितामा खुल्ला (महिला/पुरुष) र विभिन्न उमेर समूह (महिला/पुरुष) गरी ७२ वटा प्रतिस्पर्धा हुनेछ । 

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयको आधारमा १ सेकेन्ड भन्दा कम समय भएमा ५ हजार, १ सेकेन्ड देखि ३ सेकेन्ड सम्मलाई १० हजार र ३ सेकेन्ड भन्दा माथिको फरकमा राष्ट्रिय कीर्तिमान कायम गरेमा २० हजार नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?