टाटाको इभि पन्च एकैपटक चार सहरमा लन्च 

लोकपथ
77
Shares

काठमाडौं । टाटाको इभि पन्च एकैदिन चार सहरमा लन्च भएको छ । विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी चितवन, पोखरा, बुटवल र भैरहवामा एकैपटक एकैदिन औपचारिक रूपमा लन्च भएको हो ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति  सहभागी भएका थिए । 

साथै भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी भएका थिए । 

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ श्रेष्ठले नाडा अटो शो मा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । 

यसका साथै उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । 

भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । 

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च इभि चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए । 

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?