क्यानडाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, नेपालमा दूतावास खोल्न आग्रह

लोकपथ
63
Shares

काठमाडौं । क्यानडा भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालमा क्यानडाको राजदूतावास आवश्यक भएको बताएकी छिन् ।

उनले दूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गरेकी छन् । क्यानेडियन  विदेश मन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।

‘अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानेडियन पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसै गरी अनुसन्धानदाता, व्यवसायी तथा अरू पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरू आदानप्रदान भइरहेको छ,’ उनले भनिन, ‘त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

क्यानेडियन विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा. राणा क्यानडा पुगेकी हुन् ।

भेटका क्रममा परराष्ट्र मन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन् । नेपालको संसद्ले हालै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी उनले गराइन ।

क्यानडा र नेपालबीच सन १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।

काठमाडौं । क्यानडा भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालमा क्यानडाको राजदूतावास आवश्यक भएको बताएकी छिन ।

उनले दूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गरेकी छन्। क्यानेडियन  विदेश मन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।

‘अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानेडियन पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसै गरी अनुसन्धानदाता, व्यवसायी तथा अरू पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरू आदानप्रदान भइरहेको छ,’ उनले भनिन, ‘त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

क्यानेडियन विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा.राणा क्यानडा पुगेकी हुन् ।

भेटका क्रममा परराष्ट्र मन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन् । नेपालको संसद्ले हालै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी उनले गराइन ।

क्यानडा र नेपालबीच सन १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?