संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड

लोकपथ
42
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन्  ।

संविधान दिवसका अवसरमा आज जारी भएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुरूप प्रदेश सरकारले आफ्ना कामलाई जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जन केन्द्रित विकासको माध्यमबाट ‘समृद्ध लुम्बिनी प्रदेश’ निर्माणमा प्रतिबद्ध रहेको बताए ।  

मुख्यमन्त्री आचार्यले सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रूपमा संविधानले अन्त्य गरेको, बहुलबाट, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउँदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?