अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको ७ दिने अल्टिमेटम

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानीकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न ७ दिनको समय दिएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहोर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहोर जम्मा गर्ने, जम्मा भएको फोहोर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो ।

महानगरपालिकाले फोहोर व्यवस्थापन अवस्था हेरेको यो तेस्रो वर्ष हो । दोस्रो वर्षपछि महानगरपालिकाले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखासँगको समन्वयमा समस्या देखिएका अस्पतालहरुबाट फोहोर व्यवस्थापनका फोकल पर्सनहरुलाई जम्मा गराएर तालिम पनि दिएको थियो ।

यस तालिममा अन्नपूर्ण न्यूरो अस्पतालबाट २ जनाले भाग लिएका थिए । यससँगै हरेक पटक सुधारको अवसर प्रदान गरिँदै आएको छ । यसरी दिइएको निर्देशनबाट सामान्य सुधार आएको छ । तर, अस्पतालको दायित्वमा जति काम पर्छन् । त्यो भने हुन नसकेको महानगरले जनाएको छ ।

अस्पतालले फोहोर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना समेत बनाएको नपाइएको महानगरले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता नदेखिएको साथै बिनको रङ्ग संकेत फरक रहेको महानरले जनाएको छ ।

त्यसका साथै महानगरको अनुगमनका क्रममा सर्वसाधारणले कुन बिनमा कुन फोहोर राख्ने भन्ने जान्न हानीकारक फोहोर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ, यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन ।

बिक्रीयोग्य फोहोर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो । यससँगै पानी बगिरहेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा छ । भूमिगत तला पार्किङ् प्रयोजनका लागि हो ।

यो अवस्था देखिसकेपछि अनुगमन टोलीले हानीकारक फोहोरलाई सामान्य फोहोरमा मिसिनबाट रोक्न, संक्रमित फोहोर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहोर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?