संविधान जारी गर्ने अन्तिम ती दिनका राजनीतिक संकटहरु नभुलौँ : डा. बाबुराम भट्टराई

लोकपथ
49
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सविधान निर्माणताकाको संकटबारे स्मरण गरेका छन् ।

विधान सभाद्वारा संवैधानिक समितिको सभापतिको संयोजकत्वमा बनाइएको ५ सदस्यीय विशेष समितिको तस्बिर सार्वजनिक गर्दै सो कुरा स्मरण गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै संविधान जारी गर्ने अन्तिम दिनहरुमा देखिएका संकटको सम्झना अझै ताजै रहेको बताए । साथै संविधान निर्माणलाई आधा गिलास भरी र आधा गिलास भरी भनिएको प्रशंग उल्लेख गर्दै संविधान संशोधनको विषय आउँदा उक्त भनाइ स्मरण गर्न आग्रह गरे ।

‘सन्दर्भ संविधान दिवस : संविधानका प्रमुख अन्तरवस्तुहरूमा सहमति निर्माण गर्न २०७२ भदौमा संविधानसभाद्वारा संवैधानिक समितिको सभापतिको संयोजकत्वमा बनाइएको ५ सदस्यीय विशेष समिति ! संविधान जारी गर्ने अन्तिम दिनहरूमा कति राजनीतिक पापड बेल्नु परेको थियो भन्ने सम्झना अझै ताजै छ ! संविधानलाई त्यत्तिकै ‘आधा गिलास भरी आधा खाली’ भनिएको हैन। अहिले संविधान संशोधनका कुरा चल्दा त्यसलाई सबैले सम्झदा राम्रै होला,’ उनले लेखेका छन् ।

तत्कालीन समयमा संविधानको मस्यौदा लेखन समितिको संयोजक उनै डा. भट्टराई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?