राजेन्द्र महतोले माईतीघरमा जलाए संविधान

लोकपथ
301
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन् ।

आज माईतीघरमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा उनले उक्त संविधान जलाएका हुन् । राष्ट्रिय मुक्ति क्रान्तिले आज विभिन्न माग राखेर संविधान दिवसको विरोध गरेको थियो ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजी र संविधानको पुनर्लेखन, सहकारी पीडितलाई न्याय दिनुपर्ने, दलित अभियानको मुद्दा पूरा गर्नुपर्ने मागसहित विशाल विरोध प्रदर्शन गरेको हो । उक्त समूहले संविधान जलाउँदै सडकमै सुतेर विरोध प्रदर्शन समेत गरेको छ ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै महतोले नेपालको संविधान नश्लवादी चिन्तनबाट प्रेरित भएर लेखिएको भन्दै आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?