साफ यु–१७ च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा

लोकपथ
168
Shares

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदैछ । 

दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुनेछन् । 

उद्घाटन खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । भारत गत संस्करणको उपाधि विजेता टोली हो । 

यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । साफ यु-१७ का लागि बुधबार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो । 

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन् । 

नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे । 

टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाई छ । 

सन् २०२२ को साफ यू १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाई छ । नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिाङ रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?