तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
595
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५ सयले वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य १ लाख ५५ हजार ६ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ५७ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य १ हजार ८ सय ८० रहेकोमा आज १ हजार ९ सय १५ कायम भइ कारोबार भइरहेको छ ।

पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको मूल्य वृद्धि भइरहेको छ । गत भदौ ३१ गते सुनको मूल्य तोलामा १ लाख ५७ हजार ३ सय कायम भइ कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?