कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

लोकपथ
322
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

संविधान अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी हस्तान्तरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री विदेश भ्रमणमा रहँदा मन्त्रिपरिषद्को प्रधानमन्त्रीपछिका मर्यादाक्रममा रहेका सदस्यलाई कार्यवाहक दिने प्रचलन रहेको छ ।

आज प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागि हुन अमेरिका प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?