१२ फिल्मकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार प्रदान

लोकपथ
35
Shares

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’का ५ जना ,७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ ।

शुक्रबार संविधान जारी भएको नौं वर्ष पूरा भएको अवसरमा बोर्डले कार्यक्रमको आयोजना गरी मुलुकको सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ जना सर्जक, ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरेको हो । 

पुरस्कृत हुने फिल्म ‘बलिदान’का स्रष्टाहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई रहेका छन् भने ,अन्य फिल्मकर्मीमा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान तथा पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?