रामकुमारीप्रति माधव नेपालको कटाक्ष : ‘हारेपछि नेताविरुद्ध बोल्दै हिँड्नेलाई छाडिन्न’

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा पराजित भएपछि असन्तोष व्यक्त गर्दै हिँड्नु गलत रहेको बताएका छन् ।

अध्यक्ष नेपालले गत महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपछि रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लक्षित गर्दै सो कुरा बताएका हुन् ।

नेकपा एस बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस् । पार्टीप्रतिका जनताका विश्वासलाई कमजोर बनाउने काम नगरौं । जे पायो त्यही नलेख्नुस् । आफ्नो ठाउँमा बस्नुस् । धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस् । एक हप्ता कोहीसँग नबोली बस्नुस् । तर, पार्टीका प्रति त्यसरी निराशा पैदा नगर्नुस् ।’

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताए ।

उनले भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो । आशा पैदा गर्ने काम आशावादीहरुको हो । हामीले आशाको सन्देश दिने हो । आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन । आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ । जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?