बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि

लोकपथ
21
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्मको आयभन्दा २२ दशमलव ०३ प्रतिशतले आर्थिक वर्ष २०८१/८२ को भाद्रसम्मको राजस्व संकलन वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को भाद्र मसान्तसम्म दुई अर्ब ६५ करोड ४३ लाख ४२ हजार संकलन भएको हो । आर्थिक वर्ष २०८०/८१ को भाद्रसम्म २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व संकलन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अनुमानको ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रहेकोमा भाद्र मसान्तसम्म ३ दशमलव ४७ प्रतिशत मात्रै राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा भने कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलव ११ प्रतिशत राजस्व प्राप्ति भएको हो ।

विशेषत बागमती प्रदेशमा घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारीसाधन कर सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ ।

जसमध्ये घरजग्गा रजिस्ट्रेसन दस्तुर बापत गत आर्थिक वर्षको भाद्र मसान्तभन्दा २ करोड ३१ लाख बढीले यस आर्थिक वर्षको भाद्र मसान्तसम्म राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको घरजग्गा रजिस्ट्रेसन दस्तुर बापत भाद्रसम्म ६२ लाख २६ हजार राजस्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?