कतार पुगे प्रधानमन्त्री ओली

लोकपथ
224
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा पुगेका छन् ।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १ः३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली आज बिहान न्यूयोर्कका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका थिए । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको अधिवेशनमा भाग लिन प्रतिनिधिमण्डलको टोलीसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?