धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

लोकपथ
1.6k
Shares

काठमाडौं । काठमाडौंसँग सिमाना जोडिएको धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

साँझ ५ः१६ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पले कुनै भौतिक तथा मानवीय क्षति भएको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?