साफ यू–१७ च्याम्पियनसिप : पाकिस्ताविरुद्ध खेल्ने नेपालको प्लेयिङ ११ सार्वजनिक

लोकपथ
504
Shares

थिम्पु । साफ यु–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ । २३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो ।

मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्ने बताए । सबै खेलाडीहरुमा अब्बल क्षमता रहेको बताउँदै प्लेयिङ ११ मा नपरेका खेलाडीले चित्त दुखाउन नहुने उल्लेख गरे ।

पाकिस्तानविरुद्धको खेलमा गोलपोष्टको जिम्मेवारी पेम्बा नोर्बु भोटेले सम्हाल्ने छन् । यसैगरी फरवार्डमा कप्तान सुवास बमसहित सुजन डंगोल र विज्ञान खड्का रहेका छन् ।

डिफेन्समा एकराज विके, प्रशान्त मोक्तान, भुवन कामी र निशान्त लावत रहेका छन् । त्यसैगरी मिडफिल्डमा जोन विष्ट, पवन पाख्रिन र कृष्णबहादुर आले रहेका छन् । 

नेपाल र पाकिस्तानबीचको खेल थिम्पुमा रहेको चाङ्लीमिथाङ रंगशालामा नेपालको समय अनुसार पौने २ बजे सुरु हुनेछ । 

पाकिस्तानविरुद्ध खेल्ने नेपालको यु-१७ टोली 

सुवास बम (कप्तान), पेम्बा नोर्बु भोटे (गोलकिपर), एकराज वि।के, प्रशान्त मोक्तान, जोन विष्ट, सुजन डंगोल, पवन पाख्रीन, कृष्णबहादुर आले, भुवन कामी, विज्ञान खड्का र निशान्त लावत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?