महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री डा. राणा

लोकपथ
35
Shares

काठमाडौं ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन् । 

क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन् ‘महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरू पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।’

लैंगिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा.राणाको तर्क थियो । 

उनले नेपालमा पनि आफूहरूले निरन्तर रूपमा लैंगिक समानताका लागि लडिरहेको उदाहरण सो बैठकमा पेस गरे । जसका कारण नेपालका लक्षित नीति र कार्यमा केही सुधार भएको  उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?