विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

लोकपथ
35
Shares

जनकपुर । जनकपुरधाममा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएको छ ।

प्रमुख मनोजकुमार साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुःख दिन नपाइने बताए । प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधीमाता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापनबारे आज जनकपुरधाममा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख साहले एउटा होइन दुई वटा ट्रान्सफर जडान गर्नु परे गरेर विद्युतको समस्या समाधान गर्नुपर्ने धारणा राखे।

त्यस्तै ढल्केबर जनकपुरधाम मेनलाइनको ट्रान्सफर बिग्रेको भन्दै आज महिनादिन अघिदेखि नै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरधामले चरम लापरबाही गर्दै आएको बताउँदै उनले समस्याको समाधान चाडपर्वअघि नै गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?