मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

लोकपथ
56
Shares

गण्डकी ।  प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा  केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।

यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा वृद्धि भएको  मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्, ‘उनले भने, ‘पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।’

मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रही आएको मन्दिरका पुजारी सुवेदीले बताए । 

मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रूपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?