सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

लोकपथ
119
Shares

मस्को । रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हाताहात नभएको रिपोर्ट गरिएको छ ।

‘ड्युटीमा’ रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?