पूर्वराष्ट्रपति भण्डारी भन्छिन्– ‘आगामी निर्वाचनमा एमाले निर्णायक शक्ति बन्नुपर्छ’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले निर्णायक शक्ति बन्नुपर्ने बताएकी छिन् ।

आज मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई शुभकामना दिँदै राष्ट्रपतिदेखि विशिष्ट पदहरु एमाले नै पाउनुपर्ने बताइन् ।

‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो,’ भण्डारीले भनिन् ।

त्यस्तै आफू नेकपा एमालेको सदस्य भएकै कारण देशको पहिलो राष्ट्रपति हुने मौका भएको बताइन् ।

नेकपा एमालेको पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले आगामी निर्वाचनमा निर्णयक शक्ति बनेर छिटो राष्ट्रपति बनाउन सुझाव दिइन् ।

‘नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ’, भण्डारीले भनिन्, ‘सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए’, उनले भनिन् ।

२ कार्यकाल गरी ७ वर्ष राष्ट्रपति बनेकी पूर्वराष्ट्रपति भण्डारी पछिल्ला दिनहरुमा एमालेले आयोजना गरेका कार्यक्रमहरुमा सक्रिय हुन थालेकी छिन् । उनलाई नेकपा एमालेको नेतृत्वको गर्ने नेतृको रुपमा समेत चर्चा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?