बागमती प्रदेश सभाको बैठक आज बस्दै

लोकपथ
42
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

प्रदेश सभा सचिवालयका अनुसार चौँथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

सचिवालयलका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?