बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

लोकपथ
28
Shares

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको संख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । 

जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासंघका संयोजक रमेशकाजी महर्जनले बताए । ‘लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको छ, ‘उनले भने, ‘दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले  दुर्व्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन् ।’ जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ । 

यहाँ लागुऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र रहेका छ भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन् । ‘२० पुनःस्थापना केन्द्रमार्फत चार सय लागुऔषध प्रयोगकर्तालाई स्वास्थ्य तथा व्यवहार परिवर्तनका लागि सेवा प्रवाह गरिएका छौँ । दुई महिला पुनःस्थापना केन्द्रमा ५० महिलालाई राखेर सुधारको प्रयास भइरहेको छ, ‘संयोजक महर्जनले भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?