सहरको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री सिंह

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं ।  उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।  

आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । 

प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री सिंहले सहरी क्षेत्रमा देखापरेका समस्यालाई  नीति नियम बनाएर समाधान गरिने बताए ।उनले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाउन जरुरी रहेको बताए ।  

उनले भने, ‘टाउन डेभलपमेन्ट सहर लाई विकास गर्ने क्रममा देखा परेका समस्याहरूलाई  पहिचान गरेर नीति नियम बनाएर ऐनमा लानका लागि प्रयास भइरहेका छन् । ग्रोथको इन्जिन भनेको सहरमै हो त्यसैले सहर लाई  अलि व्यवस्थापन  गर्दै लग्नुपर्छ । सहर लाई व्यवस्थित गर्दै गरे अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरूलाई खोजेर समाधान गर्नुपर्छ ।’

यस्तै उनले सहरी क्षेत्रमा देखिएका कमी कमजोरीहरूलाई पत्ता लगाएर विधि प्रक्रिया अनुसार ऐन बनाउनुपर्ने बताए ।  उनले सहरको विकास गर्ने क्रममा राज्यलाई मात्र नभएर निजी क्षेत्रहरूलाई पनि समावेश गर्नुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?