इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु 

लोकपथ
49
Shares

 काठमाडौं । पूर्वी इरानमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ  । मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट हुँदा ३० जनाको मृत्यु भएको हो । 

सञ्चार माध्यमका अनुसार  उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।

गत वर्ष उत्तरी सहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी ६ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो । 

सन् २०१७ मा उत्तरी इरानको आजाद सहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?