मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निवासबाटै पक्राउ

लोकपथ
175
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले केहीबेरअघि घरबाटै पक्राउ गरिएको लोकपथलाई जानकारी दिए ।

गत असोज २ गते जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

महिलाको चरित्र हत्या गरेको आरोपमा उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रसाईँ भने भक्तपुरको मध्यपुर ठिमी–६ कमेरोटारस्थित निवासमै रहेका थिए । सोही दिनबाट प्रहरीले उनको निवास वरपर निगरानी बढाएको थियो । आज पनि बाहिर ननिस्किएपछि ठुलो संख्यामा उनको निवास वरिपरि प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?