अपडेट : इरानी खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

लोकपथ
0
Shares

काठमाडौं । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ । 

मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट हुँदा  मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको संख्या  २० पुगेको  हो । 

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?