पक्राउ पर्दापर्दै दुर्गा प्रसाईँले भने– ‘एक थोपो रगत हुनेबेलासम्म केपी ओलीसँग लड्छु’

लोकपथ
301
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो प्रहरीले उनलाई उनकै निवास भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ कमेरोटारबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई पक्राउ गरेर भ्यानमा राख्नुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम समयसम्म लड्ने बताएका छन् ।

‘एक थोपो रगत हुन्जेलसम्म केपी ओलीसँग लड्छु,’ प्रहरीले पक्राउ गर्दागर्दै उनले भने ।

महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई प्रकाउ गरेको हो । उनीसहित अन्य दुई जनाविरुद्ध समेत प्रकाउ पुर्जी जारी भएको छ । अन्य दुई जना भने फरार रहेका छन् ।

प्रसाईँ पक्राउ पुर्जी जारी भएसँगै घरबाट बाहिर निस्किएका थिएनन् । आज ठूलो संख्यामा प्रहरी परिचालन गरेर उनलाई पक्राउ गरिएको हो ।

यो पनि

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निवासबाटै पक्राउ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?