ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

लोकपथ
42
Shares

काठमाडौं । ज्योति विकास बैंकले ६ जना बालबालिकालाई कृत्रिम हात प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई कृत्रिम हात हस्तान्तरण गरेको हो ।

ई–नेबल नेपालको कार्यालयकाे परिसरमा आयोजित कार्यक्रममा बैंकले उक्त कार्य सम्पन्न गरेको हो ।

उक्त कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग पुग्नुका साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान गरी उनीहरुको जीवन रुपान्तरण गर्न सहयोग गरिसकेको छ।

बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौता अनुरुप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरिएको छ। 3D प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औँलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?