दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालतमा पेस, नाराबाजी गर्ने चार समर्थक पक्राउ

लोकपथ
350
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिएको छ । 

प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई पक्राउ गरे लगत्तै हिरासतमा राखेर अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।

प्रसाईँलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

गत असोज २ गते जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । महिलाको चरित्र हत्या गरेको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रसाईँ भने भक्तपुरको मध्यपुर ठिमी–६ कमेरोटारस्थित निवासमै रहेका थिए । सोही दिनबाट प्रहरीले उनको निवास वरपर निगरानी बढाएको थियो ।

आज पनि बाहिर ननिस्किएपछि ठुलो संख्यामा उनको निवास वरिपरि प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?