नेता कार्यकर्तालाई रास्वपाको म्यासेज– ‘सम्भव हुनेजति पार्टी कार्यालयमा हाजिर हुनु’

लोकपथ
462
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता कार्यकर्ताहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आग्रह गरेको छ ।

गोरखा मिडिया नेटवर्कका सञ्चालक समेत रहेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि रास्वपा सतर्क भएको हो ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका सभापति रवि लामिछानेलाई प्रहरीले पक्रन सक्ने सम्भवनापछि अहिले पार्टी कार्यालयमा रास्वपा समर्थकको ठुलो उपस्थिती रहेको छ ।

संसदीय छानबिन समितिको सिफारिसको आधारमा जोशी पक्राउ परेसँगै रविमाथि पनि चुनौती रहेको भन्दै रास्वपा कार्यालयबाट सम्भव हुनेजतिलाई म्यासेजमार्फत् सर्कुलर पठाइएको एक जिल्ला सभापतिले लोेकपथलाई जानकारी दिए ।

‘सभापतिमाथि प्रहरीले धरपकड गर्न खोजेका थिए । त्यही कारणले अहिले सम्भव हुने जतिलाई म्यासेज गरेर पार्टी कार्यालयमा बोलाइएको छ,’ ती सभापतिले लोकपथसँग भने ।

संसदीय छानबिन समितिले छवि, रविसहित अध्यक्ष जीबी राई र सञ्चालक मध्येका एक कुमार रम्तेललाई कारबाहीको सिफारिस गरेको थियो । सोही आधारमा छविलाई पक्राउ गरिएको हो ।

गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ६५ करोड भन्दा बढी रकम गएको छानबिन समितिको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?