रास्वपा पार्टी कार्यालय बनस्थलीमा बढ्यो भीडभाड

लोकपथ
476
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले निगरानी बढाएपछि उपत्यकामा उपलब्ध रहेका कार्यकर्ताहरु बनस्थली पुगेका छन् ।

रास्वपाले मोबाइलमा म्यासेज गरेर नै बनस्थलीमा आउन भनेपछि अहिले पार्टी कार्यालय बनस्थलीमा ठुलो संख्यामा नेतादेखि कार्यकर्तासम्मको भीड लागेको हो ।

आजै सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्ककका सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । छविलाल पक्राउ परेसँगै गोरखा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक रहेका सभापति लामिछानेमाथि प्रहरीले धरपकड गर्न सक्ने भन्दै रास्वपा कार्यालयमा समर्थकहरुको भीड लागेको हो । आजै गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । त्यससँगै रास्वपा रक्षात्मक बनेको हो ।

सहकारीको रकम अपचलनसम्बन्धी विषयको छानबिनका लागि गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवकका अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेलसहित रवि र छविलाई समेत कारबाही गर्न सिफारिस गरेको थियो । विभिन्न ५ सहकारीबाट ६५ करोड भन्दा बढी रकम रकामान्तर भएको छानबिन समितिको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?