"/>

रवि लामिछाने पक्राउको त्रासले रास्वपा कार्यालयमा कार्यकर्ताको भीड (लाईभ)

लोकपथ
518
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई समेत पक्राउ गर्ने त्रासले रास्वपाका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालयमा भेला भएका छन् । यतिबेला रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा नेता, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ ।

आइतबार मात्रै प्रहरीले गोरखा मिडिया नेटवर्कका एक सञ्चालक पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गरी पोखरा लगेको थियो । छविलाई पक्राउ गरेलगत्तै रविसमेत पक्राउ पर्ने भयले कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा जम्मा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?