‘प्रधानमन्त्रीज्यू न्यूयोर्कबाट आँखा नसन्काउनुस्, आउनुस् म रुम मिलाउँछु बसेर कुरा गरौँ’

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफूमाथि धरपडक गरिएको आशंका व्यक्त गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जाला लेख्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफूमाथि धरपकडका लागि न्यूयोर्कबाट आँखा नसन्काउन समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

त्यस्तै सहकारी ठगी प्रकरणको विषयमा आफूमाथि लागेको आरोपका विषयमा बसेर छलफल गर्न चाहेको समेत बताए ।

सहकारी पीडितहरुलाई न्याय दिने विषयमा आफूले रुम मिलाउने कुनै विचौलीयाको घरमा वार्ता नगर्ने भन्दै व्यंग्य गरे ।

‘न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…,’ लामिछानेले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?