आईसीसी विश्वकप लिग २ : क्यानडासँग दोस्रो खेलमा पनि पराजित नेपाल

लोकपथ
350
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ ।

क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ ।

सोमबार बिहान सकिएको खेलमा घरेलु टोली क्यानडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो ।

नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो । कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए ।

टिमको स्कोर ८ रन हुँदा आशिफ शेख १२ बलमा २ रन बनाउँदै आउट भएका थिए । त्यसपछि भीम सार्की ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर २–२० रहेको थियो ।

अर्जुन साउद तेस्रो विकेटको रुपमा १० रन बनाएर आउट हुँदा नेपालको स्कोर ३–२० नै रह्यो । टिमको खातामा थप १० रन थपिएपछि कप्तान रोहित पौडेल ४ रन बनाएर रन आउट भए । पाँचौं विकेटको रुपमा अनिल साह आउट हुँदा नेपालको स्कोर १२ ओभरमा ५–३६ भएको थियो । अनिल साह १ रनमा आउट भएका थिए ।

त्यसपछि आरिफ शेख र गुलसन झाले पारि सम्हाल्ने प्रयास गरेका थिए । आरिफ सातौं विकेटको रुपमा ७० रनको स्कोरमा आउट भए । आरिपफले १० रन बनाए ।

खेलाडी आउने जाने क्रम चलिरहेका बेला गुल्सनले भने ३० प्लसको ब्यक्तिगत स्कोर गरे । उनी ५६ बलमा ३४ रन बनाएर आउट भएका थिए । उनले समान दुई चौका र छक्का प्रहार गरे ।

गुलसन पछि सोमपाल कामी र सन्दीप लामिछाने मिलेर नेपालको  स्कोर १०० कटाए । टिमको स्कोर १४२ रन हुँदा सोमपाल आठौं विकेटको रुपमा पभेलियन फर्किए ।  सोमपाल २१ रन बनाएर आउट भएका थिए ।

त्यसपछि सन्दीप र करण केसीले टिमलाई अघि बढाए । सन्दीप लामिछानले ४८ बलमा ४९ रनको पारि खेलेर आउट भए । १ रनले अर्धशतक बनाउन असफल भएका थिए । सन्दीपले आफ्नो पारिमा १ छक्का र ५ चौका प्रहार गरे । 

४६.१ ओभरमा करण केसी अन्तिम विकेटको रुपमा पभेलियन पर्किएपछि नेपालको पारि १८१ रनमा समेटियो । करणले २८ बलमा २४ रन बनाएका थिए । नेपालको पारि ध्वस्त बनाउँदा क्यानडाका कलिम सानाले ३ विकेट लिँदा डिलोन हेलिगर र हर्ष ठाकरले दुई दुई विकेट लिए ।

जवाफमा१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै जीत दर्ता गर्न सफल भयो ।

क्यानडाका ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भए पनि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जित नजिक लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?