झापामा दुर्गा प्रसाईँका समर्थकले तीन वटा ट्रक जलाए

लोकपथ
329
Shares

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबहाक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईँका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेका हुन् ।

ट्रकमा आगजनी गर्दा  चालकको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको जनाएको छ । हाल पहिचान खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी सोमबार बिहान झापाकै धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?