धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ 

लोकपथ
49
Shares

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् ।  प्रहरी हिरासतबाट मंगलबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।

फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा  सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै, धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालिका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरीले जानकारी दिएको छ । 

फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरूको खोजी कार्य भने जारी रहेको प्रहरी प्रवक्ता अभास्करले बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाका अनुसार थुनुवाहरुले सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेसन काटेर उनीहरू भागेको हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?