कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

लोकपथ
56
Shares

काठमाडौं । कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित भएको छ ।

गत असोज ४ गते भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘Excellence in Consumer Credit Cards Business’ र ‘Excellence in Cross – Border Business’ दुई विधामा सम्मानित भएको हो ।

बैंकले आफ्नो स्थापनाकाल देखि नै बैकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?