बजार अनुगमनमा विभाग, ६ वटा फर्म कारबाहीमा

लोकपथ
35
Shares

काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।

चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरूलाई कारबाही गरेको हो । 

अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरूलाई न्यूनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ ।

कारबाहीमा परेका पसलहरूमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारबाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ । 

विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको विभागको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?