प्रहरी महानिरीक्षक कुँवर ग्रिसतर्फ, राईलाई दैनिक कामकाजको जिम्मेवारी

लोकपथ
154
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रिस प्रस्थान गरेका छन् ।

मित्रराष्ट्र ग्रिसको एथेन्समा असोज ८ अर्थात मंगलबारदेखि असोज १० अर्थात बिहीबारसम्म यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औँ इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुने छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?