गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको छ ।

टोखा नगरपालिका–२ टोखाबजार नजिकै गहना पोखरीमा डुब्दा बारा घर भई सोही नगरपालिका–८ बस्ने ४ वर्षीया सहनीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उपचारका लागि दुई बजेतिर ग्रान्डी अस्पताल लगिएकोमा साढे दुईमा मृत घोषण गरिदिएको बताए । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?