कोशीमा नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरण खारेजीको माग गर्दै  जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । 

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरू जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशिता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो । 

जसपा नेपालले कोशी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ ।

जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले आजै आधारभूत संगठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?