राज्यका निकायहरू प्रभावकारी हिसाबले चल्न आवश्यक छ : एनपी साउद

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँट भएको छ त्यो बुझ्न जरुरी रहेको बताएका छन् । 

सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे साउदले संघ, प्रदेश र  स्थानीय तहमा बाडँफाट भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसाबले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्त्वपूर्ण भएको बताएका हुन् ।

उनले भने, ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशील दस्ताबेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ । राजनीतिक शक्तिको बाँडफाँट कसरी भएको छ यो एउटा महत्त्वपूर्ण कुरा छ । संघ, प्रदेश र स्थानीय तहमा हामीले चाहिँ राजनीतिक शक्ति कसरी बाँडफाँट गरेको छौँ र  बाडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरू प्रभावकारी हिसाबले चल्न सकेको छ की छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।’

साथै, उनले तीन वटा सरकार बनाएर पनि विकास खर्च अत्यन्त न्यून अवस्थामा रहेको बताए । उनले राज्यको साधारण खर्च धेरै बढेकोले चुस्त, दुरुस्त र व्यवहारिक बनाउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?