पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
105
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि आइतबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?